पाकिस्तानमा विस्फोट, कम्तीमा ९ जनाको मृत्यु

हिमाल प्रेस १४ असोज २०८२ १५:०९
10
SHARES
पाकिस्तानमा विस्फोट, कम्तीमा ९ जनाको मृत्यु फाइल तस्बिर

काठमाडौँ- पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटामा भएको विस्फोटमा ९ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।

प्रान्तका स्वास्थ्यमन्त्रीले दिएको जानकारीअनुसार विस्फोटमा ९ जनाको मृत्यु र ३२ जना घाइते भएका छन्।

विस्फोट क्वेटास्थित अर्धसैनिक बल ‘फ्रन्टियर कोर’ को मुख्यालयनजिक भएको बीबीसीले जनाएको छ।

स्वास्थ्यमन्त्री बख्त काकरले मृतक र घाइतेमध्ये सुरक्षा बलका जवानहरू समेत रहेका छन्। विस्फोटपछि सहरको मोडल टाउन क्षेत्रमा धुँवा उठेको देखिएको थियो र गोली चलेको आवाज पनि सुनिएको थियो।

विस्फोटपछि स्थानीय प्रशासनले अस्पतालहरूमा आकस्मिक अवस्था लागू गरेको र सबै कर्मचारीलाई अस्पतालमै रहन निर्देशन दिएको छ।

प्रकाशित: १४ असोज २०८२ १५:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast