काठमाडौँमा घट्यो चहलपहल

हिमाल प्रेस १४ असोज २०८२ १४:१९
8
SHARES
काठमाडौँमा घट्यो चहलपहल महाष्टमी दिन मंगलबार काठमाडौँको नयाँबजार सडकमा फाट्टफुट्ट गुडेको सवारीसाधन। तस्बिर : रासस

काठमाडौँ- बडादसैँको महाअष्टमीको दिन काठमाडौँ उपत्यकामा चहलपहल कम देखिएको छ।

फूलपातीको दिनसम्म उपत्यकाका चोक, गल्ली, मुख्य बजार, बसपार्क तथा जिल्ला जाने नाकामा सर्वसाधारणको चहलपहल बाक्लो थियो। महाअष्टमीबाट भने चहलपहल कम हुँदै गएको छ। दसैँमा घर फर्कने सर्वसाधारणको संख्या बढ्सँगै काठमाडौँमा चहलपहल कम भएको हो। अन्य दिनको तुलनामा उपत्यकाका सडकमा सवारीसाधन न्यून चलेका छन्।

ट्राफिक प्रहरीका अनुसार यस वर्षको दसैँमा फूलपातीका दिन सबैभन्दा बढी यात्रुले राजधानी छाडेका छन्। सो दिनमात्रै करिब डेड लाख यात्रु उपत्यकाबाट बाहिरिएका थिए। काठमाडौँमा बडादसँैको टीकाको दिनदेखि भने चहलपहल बढ्ने गरेको छ।

प्रकाशित: १४ असोज २०८२ १४:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast