शिक्षामन्त्री महावीर पुनले भने : तलब नआउने गुनासो पनि आयो, मधेशबाट धेरै सुनियो

हिमाल प्रेस १३ असोज २०८२ १०:४८ | Monday, September 29, 2025
शिक्षामन्त्री महावीर पुनले भने : तलब नआउने गुनासो पनि आयो, मधेशबाट धेरै सुनियो शिक्षामन्त्री महावीर पुन

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षकले तलब नपाएको गुनासो सबैभन्दा धेरै मधेश प्रदेशबाट आएको बताएका छन्।

उनले आफूलाई तलब नखुवाएको ५०० भन्दा बढी गुनासो फोन र इमेलबाट आएको जानकारी दिएका छन् । त्यसमध्ये सबैभन्दा धेरै मधेशबाट आएको उनले लेखेका छन् ।

सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनेका भनेका छन्, ‘वर्ष दिनमा आउने दशैँ, तिहार र छठ पर्वजस्तो महान चाडबाडको बेलामा पनि पालिकाले ढिलासुस्ती र अनेक बहाना देखाई तलब नखुवाएको ५०० भन्दा बढी गुनासो मलाई फोन बाट र इमेलबाट आयो ।’

शिक्षा मन्त्रालयले सबै पालिकालाई शिक्षकको तलबका पैसा पठाइसकेको मन्त्री पुनले उल्लेख गरेका छन् । ‘यस्तो बेथिति कसरी भयो भन्ने कुरामा अनुसन्धान गर्दैछु र सो बेथितिको समाधानको उपाय खोज्दैछु’, मन्त्री पुनले लेखेका छन् ।

प्रकाशित: १३ असोज २०८२ १०:४८ | Monday, September 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast