प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनाल को हुन्?

हिमाल प्रेस १२ असोज २०८२ १७:५६ | Sunday, September 28, 2025
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनाल को हुन्? अजयभद्र खनाल

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख सल्लाहकारमा नियुक्त अजयभद्र खनाल पत्रकारिता पृष्ठभूमिका हुन्।

अंग्रेजी दैनिक राइजिङ नेपाल, काठमाडौँ पोस्टलगायतका पत्रिकामा काम गरेका खनाल अंग्रेजी दैनिक द हिमालय टाइम्स दैनिक र उकालो डटकमका प्रधानसम्पादक भएर काम गरिसकेका छन्। कांग्रेसका भूतपूर्व महामन्त्री श्रीभद्र शर्माका छोरा खनालले विभिन्न गैरसरकारी संस्थामा पनि काम गरेका छन्।

खनाल पछिल्लो समय उनी सेन्टर फर सोसल इनोभेसन एन्ड फोरेन पोलिसी (सेसिफ) नामक गैरसरकारी संस्थामा  अनुसन्धान सल्लाहकारका रूपमा कार्यरत थिए।

पुर्ख्यौली  घर तनहुँ भएका खनाललाई मन्त्रिपरिषदको आइतबारको बैठकले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।

प्रकाशित: १२ असोज २०८२ १७:५६ | Sunday, September 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast