जेनजी आन्दोलनपछि पहिलो पटक बस्दैछ एमाले सचिवालय

हिमाल प्रेस १२ असोज २०८२ ६:५१ | Sunday, September 28, 2025
जेनजी आन्दोलनपछि पहिलो पटक बस्दैछ एमाले सचिवालय

काठमाडौँ– नेकपा एमाले सचिवालय बैठक आइतबार दिउँसो बस्दैछ। पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सचिवालय बैठक दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओलीनिवास गुण्डुमा बोलाइएको छ।

आजको बैठकमा भदौ २३ र २४ गतेको आन्दोेलनको गम्भीर समीक्षा हुने एमालेका नेताहरूले बताएका छन्। जेन–जी विद्रोहबाट सत्ताच्युत भएपछि अध्यक्ष ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएर नेपाली सेनाको ब्यारेकमा गएका थिए।

गत असोज २ गते मात्रै उनी ब्यारेकबाट फर्किएका हुन्। स्रोतका अनुसार उनी ब्यारेमै छँदा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बैठक बोलाउन माग गरेका थिए। अध्यक्ष ओली निस्कन केही ढिलाइ हुने भएकाले बैठक बोलाएर परिस्थितिबारे छलफल गर्ने र धारणा बनाउने उनको जोड थियो।

प्रकाशित: १२ असोज २०८२ ६:५१ | Sunday, September 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast