जेनजी आन्दोलनपछि कांग्रेसले पहिलो पटक बोलायो केन्द्रीय समिति बैठक, आउलान् देउवा?

हिमाल प्रेस ११ असोज २०८२ २०:५० | Saturday, September 27, 2025
जेनजी आन्दोलनपछि कांग्रेसले पहिलो पटक बोलायो केन्द्रीय समिति बैठक, आउलान् देउवा? नेपाली कांग्रेसको बैठकमा सभापति शेरबहादुर देउवासहित अन्य पदाधिकारीहरू। फाइल तस्बिर।

काठमाडौँ– नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। बैठक असोज २६ गते आइतबारका दिन दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा  बस्नेगरी बोलाइएको हो।

जेनजी आन्दोलनका क्रममा कार्यालयमा आगजनी भएको थियो। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका हुने छ।

जेनजी आन्दोलनपछि कांग्रेसले पहिलो पटक बैठक बोलाएको हो। बैठकमा सभापति शेरबहादुर देउवा उपस्थित हुने सम्भावना छ। पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार देउवा उपस्थित हुनेगरी नै बैठकको मिति तय गरिएको हो।

 

प्रकाशित: ११ असोज २०८२ २०:५० | Saturday, September 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast