सन्दीप लामिछाने आज रिहा हुने

हिमाल प्रेस २९ पुष २०७९ ७:०४ | Friday, January 13, 2023
सन्दीप लामिछाने आज रिहा हुने

काठमाडौँ- क्रिकेटर सन्दीप लामिछाने आज रिहा हुने भएका छन्। बिहीबार उच्च अदालत पाटनले धरौटीमा छोड्न आदेश दिए पनि उनी आज मात्र रिहा हुने भएका हुन्।

उनका कानुन व्यवसायी अधिवक्ता सरोजकृष्ण घिमिरेले अदालतले २० लाख धरौटीमा छोड्न आदेश दिएको र शुक्रबार धरौटी राखेर निस्किने जानकारी दिए ।

न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त बन्द इजलासले लामिछानेलाई विदेश जान पनि रोक लगाएको छ ।
जिल्ला अदालत काठमाडौंले सन्दीपलाई थुनामै राखेर कारबाही गराउन आदेश गरे पनि सोविरुद्ध उनले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । उनलाई गएको कात्तिक १८ मा थुनामा पठाउन आदेश दिइएको थियो ।

लामिछानेमाथि नाबालिगलाई बलात्कार गरेको आरोप थियो। प्रहरीले गत असोज २० गते त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो।

प्रकाशित: २९ पुष २०७९ ७:०४ | Friday, January 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast