जुवा खेलिरहेका ७ पक्राउ

हिमाल प्रेस ११ असोज २०८२ १७:०४
8
SHARES
जुवा खेलिरहेका ७ पक्राउ फाइल तस्बिर

कञ्चनपुर– जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ​ परेका छन् ।​​

भीमदत्त नगरपालिका- ५ बनखेतस्थित सोही नगरपालिका- ६ बस्ने ५३ वर्षीय शिवराज भट्टले सञ्चालन गरेको शिव शक्ति खाजा नास्ता पसलमा जुवातास खेलिरहेको अवस्थामा शिवराजसहित ७ जनालाई शुक्रबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५० हजार ८ सय ८८ रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ११ असोज २०८२ १७:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast