जेनजी आन्दोलनका घाइतेले परिचय पत्र पाउने

हिमाल प्रेस ११ असोज २०८२ १६:११ | Saturday, September 27, 2025
जेनजी आन्दोलनका घाइतेले परिचय पत्र पाउने डिल्ली बजार कारागारमा जेल तोड्न खोज्ने कैदीलाई नियन्त्रणमा लिँदै नेपाली सेना।

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका घाइतेहरुलाई परिचय पत्र वितरण गर्ने भएको छ।

घाइतेहरुको पहिचान र उपचारमा सहजीकरण गर्न आइतबारदेखि परिचय पत्र वितरण गरिने गृहमन्त्रालयले बताएकोछ।

त्यस्तै घाइतेहरुको उपचारका लागि काठमाडौँ उपत्यका र बाहिर अस्पताल तोक्ने र त्यहाँ जेनजी क्लिनिक सञ्चालन गर्ने समेत मन्त्रालयले बताएको छ।

त्यस्तै घाइतेहरुको वर्गिकरणका लागि उपचारका संलग्न चिकित्सको संयोजकत्वमा कार्यदल गठन हुने भएको छ।

पुनः चेकजाँचका लागि घाइतेहरुलाई एम्बुलेन्स सेवा पनि उपलब्ध गराउने सरकारले निर्णय गरेको छ।

प्रकाशित: ११ असोज २०८२ १६:११ | Saturday, September 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast