भ्रष्टाचार र बेथितिविरुद्ध राप्रपाको खबरदारी

हिमाल प्रेस ११ असोज २०८२ १३:३८
4
SHARES
भ्रष्टाचार र बेथितिविरुद्ध राप्रपाको खबरदारी

काठमाडौँ– भ्रष्टाचार र बेथितिविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदर्शन गरेको छ । शनिवार काठमाडौँको माइतीघर मण्डलामा भेला भई राप्रपाका नेता–कार्यकताहरुले विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह हो लेखेको कालो टिसर्ट लगाएर विरोध गरेका छन् । उनीहरुले भ्रष्टाचारीलाई कारबाही, प्रदेश खारेजी, राजसंस्था र हिन्दु राष्ट्र, संविधानको पुनः लेखन, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने माग राखेका छन् ।

७५ जनाको बलिदान, फेरि यही संविधान, देशलाई दुर्घटनाबाट जोगाउन नवीन समझदारी गर, जेनजीका हत्यारालाई कारबाही गर, २०४६ सालपछिका उच्चपदस्थ पदमा पुगेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर लगायतका प्लेकार्ड बोकेर विरोध जनाएका छन् ।

जेनजी आन्दोलनमा मृत्युवरण गरेका परिवार र देशको परिवर्तनको लागि लडेका युवाहरूको साथमा राप्रपा रहेको बताए । विरोध प्रदर्शनका क्रममा कुराकानी गर्दै राप्रपाकी नेतृ खुम्बु ओलीले विविध विकृति अन्त्यको माग राख्दै आफूहरू सडकमा आएको बताइन् ।

प्रकाशित: ११ असोज २०८२ १३:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast