
काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान राजनीतिक संकटका बेला राजनीतिक दलहरु एकतावद्ध हुनुपर्ने बताएका छन्।
आज सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले विगतका दुई संकटपूर्ण घडीमा दलहरुको एकताकाकारण नै संघीयता र जनता सार्वभौम र देशले संघीय लोकतान्त्रिक गणतन्त्र पाएको स्मरण गरेका हुन्।
महासचिव पोखरेलले २०५९ असोज १८ र २०६१ माघ १९ को प्रसंग स्मरणगर्दै त्यसबेला दलहरु विभाजि र एजेण्डामा पनि विविध अवस्थामा रहेकोमा पछि एजेण्डामा एक्तावद्ध हुँदा मुलुकको राजनीतिमा लयमा फर्किएको उनको भनाइ छ।
‘असोज १८ ताका दलहरु एजेण्डामा विभाजित र अन्यौलग्रस्त थिए । तर माघ १९ पछी उनीहरुले आफ्ना एजेण्डा स्पष्ट पार्दै एकताबद्ध भए ’ महासचिव पोखेरेलले लेखेका छन्‘परिणामस्वरुप जनता सार्वभौम बने र मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको युगमा प्रवेश गर्यो ।’
महासचिव पोखरेलले ‘इतिहासको शिक्षा’ शिर्षक दिएर लेखेको छोटो स्टाटसमा कुनै पनि आन्दोलन,पार्टी वा नेतृत्वको भविष्य मुख्यत : स्पष्ट एजेण्डामा निर्भर रहने उल्लेख गरेका छन्।