माओवादीसँग एकता गर्न एकीकृत समाजवादी तयार, बनायो वार्ता समिति

हिमाल प्रेस ११ असोज २०८२ ११:३१ | Saturday, September 27, 2025
माओवादीसँग एकता गर्न एकीकृत समाजवादी तयार, बनायो वार्ता समिति बेदुराम भुसाल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले पार्टी एकता गर्न वार्ता समिति बनाएको छ।

अध्यक्ष माधवकुमार नेपालले जारी गरेको ६ पृष्ठ लामो अन्तर पार्टी निर्देशन (अपानी) मा सो कुरा उल्लेख छ।

वरिष्ठ नेता वेदुराम भुसालको संयोजकत्वमा गठित वार्ता समितिमा प्रवेश हमाल र प्रकाश ज्वाला सदस्य छन्।

उक्त टोलीलाई ११ बुँदामा एकताको सैद्धान्तिक आधार खोज्न म्यान्डेट दिइएको छ।

यद्यपी अपानीमा कुनै दल स्पष्ट किटान नगरी वामपन्थी, कम्युनिष्ट तथा समाजवादी पार्टी र समूहहरूसँग एकता वार्ता गर्न वार्ता टाली गठन गरेको उल्लेख छ। तर, एकीकृत समाजवादीले खोजेको सैद्धान्तिक आधार माओवादी केन्द्रसँग मेल खान्छ।

एकताका सैद्धान्तिक आधारमध्ये पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (…) हुने, नेपाली क्रान्ति जनवादी चरण पूरा गरेर समाजवादी चरणमा प्रवेश गरेको मान्ने, आम नेपाली जनता र दलाल नोकरशाही पुँजीपति वर्गबिचको अन्तर्विरोधलाई वर्तमान नेपाली समाजको प्रधान अन्तर्विरोध मान्ने हुनुपर्ने उल्लेख छ।

त्यस्तै पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद हुने, पार्टीको सङ्गठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता हुने, पार्टीको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद हुने पनि आधारमा उल्लेख गरिएको छ।

प्रकाशित: ११ असोज २०८२ ११:३१ | Saturday, September 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast