माओवादीको महाधिवेशन मंसिरमा, अन्य केके भयो निर्णय?

हिमाल प्रेस १० असोज २०८२ १८:०० | Friday, September 26, 2025
माओवादीको महाधिवेशन मंसिरमा, अन्य केके भयो निर्णय?

काठमाडौँ- नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयोजकत्वमा महाधिवेशन आयोजक समितिमा रूपान्तरण भएको छ। पार्टीको शुक्रबार सम्पन्न सातौँ पूर्ण बैठकले यस्तो निर्णय गरेको हो। पदाधिकारी नै आयोजक समितिको सचिवालयमा रूपान्तरण गर्ने निर्णय बैठकले गरेको छ। महाधिवेशन मंसिरमा गर्ने निर्णय भएको माओवादीले जनाएको छ।

यसैगरी बैठकले पार्टीभित्रका नेताकार्यकर्ताको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने गरेको छ।

कार्यविधि बनाएर नेताका पारिवारिक सदस्यहरूका बारेमा निर्णय लिइने पनि माओवादीले जनाएको छ। साथै पार्टीले संस्कार, कार्यशैली र चालचलनसम्बन्धी नीति बनाउने भएको छ। माओवादीले जेनजीलाई पार्टीका सबै कमिटीमा अधिकतम सहभागिता गराउने भएको छ।

बैठकले अध्यक्ष प्रचण्डको प्रस्ताव पारित गरेको छ। वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले राखेको प्रस्तावलाई त्यसमै समेट्ने निर्णय भएको छ। यसैगरी माओवादीले विभिन्न विचार मिल्ने पार्टीहरूसँग एकता गर्ने निर्णय लिएको छ।

प्रकाशित: १० असोज २०८२ १८:०० | Friday, September 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast