युवा उद्यमीसँग छलफल गर्न सदैव तयार छु : गृहमन्त्री लामिछाने

हिमाल प्रेस २८ पुष २०७९ २०:३४ | Thursday, January 12, 2023
युवा उद्यमीसँग छलफल गर्न सदैव तयार छु : गृहमन्त्री लामिछाने फाइल तस्बिर।

चितवन– उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले ‘मेड इन नेपाल एक्स्पो २०७९’को निरीक्षण गरेका छन्। चौधौँ चितवन महोत्सव परिसरमा आयोजना गरिएको एक्स्पोको निरीक्षण गरी गृहमन्त्री लामिछानेले नवउद्यमीलाई हौसला प्रदान गरेका छन्।

‘देशका युवा यही रहनुपर्छ भनेर सरकारले न्यूनतम साझा कार्यक्रममा स्टार्टअपका लागि विशेष कार्यक्रम ल्याउन लागेको छ,’ उनले भने, ‘देशमा उद्योग खोल्न सक्यो भने र नवउद्यमीले केही अनुसन्धान गर्न सक्यो भने मात्र मुलुकको उन्नति हुन्छ।’

सरकारले नेपालमै बनेका वस्तुका लागि विशेष व्यवस्था गरोस् भनेर पहल गरिरहेको उनले बताए। ‘देश स्वावलम्बन हुनुपर्छ, यहीको उत्पादन प्रयोग गर्नुपर्छ। मैले आफूले नेपालमै बनेको लुगा लगाउने जानकारी गराएकै छु,’ उनले भने।

नयाँ उत्पादनका विषयमा छलफल गर्न युवा उद्यमीलाई आग्रह गर्दै उनले युवा उद्यमीहरूसँग छलफल गर्नका लागि गृह मन्त्रालयको ढोका सदैव खुला रहेको उनले बताए। प्रविधिको अनुसन्धान गर्न गृह मन्त्रालयले उद्यमीलाई सधैँ सहयोग गर्ने उनको भनाइ छ।

प्रकाशित: २८ पुष २०७९ २०:३४ | Thursday, January 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast