प्रधानमन्त्री सुशीला कार्की/फाइल तस्बिर
काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीको नाम प्रयोग गरेर फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा फेक आइडीमार्फत भ्रामक पोष्ट र समाचारहरू प्रसारित भइरहेको भन्दै सरकारले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त कार्य गैरकानुनी भएको बताएको छ। कार्यालयले फेक आइडी बनाउनेलाई कारबाहीको चेतावनी दिएको छ।
विज्ञप्तिमा भनिएको छ,‘सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीको नाम उल्लेख गरी फेक आइडी बनाई सामाजिक सञ्जालहरूबाट समाचाररपोष्टहरू गरिएको पाइएको हुँदा यस्तो भ्रममा नपर्न सबैमा अनुरोध छ।’

प्रकाशित: १० असोज २०८२ ११:२४ | Friday, September 26, 2025
प्रतिक्रिया




