‘हर्ष’ को गीत ‘सिठ्ठी मार’ [भिडियाेसहित]

हिमाल प्रेस १० असोज २०८२ १०:५० | Friday, September 26, 2025
2
SHARE
‘हर्ष’ को गीत ‘सिठ्ठी मार’ [भिडियाेसहित]

काठमाडौँ- फिल्म ‘हर्ष’ को ‘सिठ्ठी मार’ बोलको पहिलो गीत सार्वजनिक भएको छ। प्रताप दास र सदिक्षा कट्टेलको स्वर रहेको गीतमा एलिस कार्कीले संगीत भरेका छन्। गीतका रचनाकार पवित्रा घिमिरे हुन्।

सुनिल क्षेत्रीले कोरियोग्राफी गरेको गीतको भिडियोमा फिल्मका कलाकार वर्षा राउत, खगेन्द्र लामिछाने, सन्तोष पन्त, विशाल पहारी, शर्मिला मल्ल, अंशु महर्जन, सुनिल क्षेत्री, माओत्से गुरुङ, लुनिभा तुलाधरको रमाइलो नृत्य प्रस्तुत गरिएको छ। भिडियो पारिवारिक जमघटको माहोलमा तयार पारिएको छ।

फिल्म आगामी मंसिर १२ मा प्रदर्शन हुनेछ। पारिवारिक र ड्रामा जनरामा बनेको फिल्मका निर्देशक एकता पौडेल हुन्। यो उनको डेब्यु निर्देशकीय फिल्म हो।

प्रशन्न पौडेल र विकाश पौडेलले निर्माण गरेको फिल्मका कार्यकारी निर्मातामा हिक्मत चोखाल हुन्। अष्टलक्ष्मी प्रोडक्सन्स र ई-प्राईम मुभिजको ब्यानरमा निर्माण भएको फिल्मको कथा स्वयं निर्देशक पौडेलले लेखेकी हुन्।

यस्ताे छ गीत

प्रकाशित: १० असोज २०८२ १०:५० | Friday, September 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast