बिहे गर्दै आथिया सेट्टी र केएल राहुल

हिमाल प्रेस ५ मंसिर २०७९ १४:२२ | Monday, November 21, 2022
बिहे गर्दै आथिया सेट्टी र केएल राहुल

 काठमाडौँ- बलिउड अभिनेता सुनिल सेट्टीले छोरी आथिया सेट्टी र भारतीय क्रिकेटर केएल राहुलको बिहेबारे खुलासा गरेका छन्। एक अन्तर्वार्तामा उनले पत्रकारको प्रश्नको जवाफ दिँदै उनीहरूको बिहे ‘छिट्टै हुने’ बताएका छन्।

आथिया र केएल लामो समययता प्रेम सम्बन्धमा रहेको समाचार बेला-बेलामा बाहिरिने गरेका छन्। तर, यो जोडीले आधिकारिक रूपमा भने यसबारे मुख खोलेका छैनन्। केही समयअघि आथियाले आफ्नो बिहेको हल्ला सत्य नभएको भन्दै त्यसको खण्डन पनि गरेकी थिइन्। सन् २०१५ मा फिल्म ‘हिरो’बाट आथियाले बलिउडमा डेब्यु गरेकी थिइन्।

त्यसयता उनले ‘मुबारकां’, ‘नवाबजादे’, ‘मोतीचुर चक्नाचुर’ लगायत फिल्ममा काम गरेकी छन्। आथिया र केएल राहुलले विवाह हुने कुरा नस्वीकारे पनि उनीहरूको प्रेम सम्बन्ध चाँडै बिहेमा परिणत हुने कुरा बुबा सुनिल सेट्टीले पुष्टि गरिसकेका छन्। सुनिल फिल्म ‘हेरा फेरी ३’मा देखिनेछन्।

प्रकाशित: ५ मंसिर २०७९ १४:२२ | Monday, November 21, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast