उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगको यस्तो छ पहिलो निर्णय

हिमाल प्रेस ९ असोज २०८२ २१:०२ | Thursday, September 25, 2025
उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगको यस्तो छ पहिलो निर्णय उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की।

काठमाडौँ- पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगले काम थालेको छ। कार्कीसहित आयोगका सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वर भण्डारीले मानवीय र भौतिक क्षतिको विवरण संकलन गर्ने पहिलो निर्णय गरेका हुन्।

आयोगले विभिन्न निकायहरूलाई केन्द्र तोकेर क्षतिको विवरण ती निकायबाट संकलन गर्ने निर्णय गरेको बिहीबार विज्ञप्तिमार्फत जनाएको छ।
सर्वोच्च र देशभरका अदालतले सर्वोच्च अदालतमार्फत आयोगलाई विवरण बुझाउनुपर्नेछ। अन्य सरकारी निकायले गृह मन्त्रालयमार्फत विवरण बुझाउनुपर्नेछ।

स्थानीय सरकारका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तोकिएको छ। व्यापारिक प्रतिष्ठान र निजी सम्पत्ति क्षति हुनेले सोझै विवरण पठाउन पाउने विज्ञप्तिमा उल्लेख छ।

आयोगले संकलित सूचना इमेल [email protected] पठाउन भनेको छ।

सरकारले जेन–जी आन्दोलन र प्रदर्शनका क्रममा भएको दमन, आगजनी तथा तोडफोडको छानबिन गर्न गत आइतबार कार्कीको नेतृत्वमा उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको थियो।
आयोगले जलवायु तथा विज्ञान विभागको भवन, बबरमहलमा आफ्नो कार्यालय स्थापना गरेर काम थालेको छ।

प्रकाशित: ९ असोज २०८२ २१:०२ | Thursday, September 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast