माओवादीको केन्द्रीय समिति बैठक बस्दै

हिमाल प्रेस ९ असोज २०८२ ७:०४ | Thursday, September 25, 2025
माओवादीको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ- नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ। बिहान ११ बजे प्रज्ञा भवनमा केन्द्रीय समिति बैठक सुरु हुनेछ।

यसअघि बुधबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकको एजेन्डा तय गरेको थियो। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन पेस गर्ने, प्रस्ताव र विशेष महाधिवेशनका सम्बन्धमा बैठकमा छलफल हुनेछ।

फागुन २१ गते आम निर्वाचन गर्ने, पार्टी एकता तथा ध्रुवीकरण, राहत तथा पुनर्निर्माण, जनपरिचालन तथा जनसम्बन्ध लगायतका एजेन्डामा बैठकमा छलफल हुनेछ।

जेनजी प्रदर्शनमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली दिने कार्यक्रम समेत एजेन्डामा समावेश गरिएको छ ।

प्रकाशित: ९ असोज २०८२ ७:०४ | Thursday, September 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast