
काठमाडौँ- सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावलीसम्बन्धी अध्यादेश जारी गरेका छन्।
राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका हुन्।
यससँगै आयोगलाई फागुन २१ गतेको निर्वाचन प्रक्रिया अघि बढाउन बाटो खुलेको छ । अहिले संसद नभएकाले अन्तरिम सरकारले अध्यादेशकै आधारमा कामकारबाही अघि बढाउनुपर्ने बाध्यता छ । सोहीअनुसार अन्तरिम सरकारले पहिलो अध्यादेश ल्याएको हो ।
*शीर्षक सच्याइएको। सं.
प्रकाशित: ८ असोज २०८२ १४:१२
प्रतिक्रिया