
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ।
राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा समसामयिक राजनीति, फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सुरक्षा अवस्थाका बारेमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। निर्वाचनका विषयमा छलफल गर्न प्रधानमन्त्री कार्की केहीबेर अघि राष्ट्रपति निवास पुगेकी थिइन्।
प्रकाशित: ८ असोज २०८२ १३:०९
प्रतिक्रिया