‘ठूलो रोजगारदाता भए पनि हरेक आन्दोलनमा निजी क्षेत्र निशानामा पर्नु गम्भीर विषय हो’

हिमाल प्रेस ७ असोज २०८२ २१:४० | Tuesday, September 23, 2025
‘ठूलो रोजगारदाता भए पनि हरेक आन्दोलनमा निजी क्षेत्र निशानामा पर्नु गम्भीर विषय हो’

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन आवश्यक रहेको बताएका छन्।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नवनिर्वाचित कार्यसमितिलाई आज (मंगलबार) महासंघमा स्वागत गर्दै उनले निजी क्षेत्र सबैभन्दा ठूलो रोजगारदाता भए पनि हरेक आन्दोलनमा निशानामा पर्नु गम्भीर विषय भएको बताए।

अध्यक्ष ढकालले आन्दोलनका क्रममा निजी क्षेत्रमाथि आक्रमण हुनुले यसको महत्त्व बुझ्न नसकिएको हो कि भन्ने अनुभूति भएको उल्लेख गर्दै सकारात्मक दृष्टिकोण निर्माणमा सहयोग गर्न सञ्चार क्षेत्रलाई आग्रह गरे।

‘निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड हो। यस क्षेत्रले अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत  योगदान गरिरहेको छ। तथापि, यो क्षेत्र सबैको निशानामा पर्ने गरेको छ,’ उनले भने, ‘जेनजी आन्दोलनका क्रममा पनि त्यस्तै भयो। देशभरि निजी क्षेत्रमा भएका तोडफोड र आगजनीले हालसम्म उपलब्ध तथ्या‌ंक र सूचनाअनुसार करिब ८० अर्ब बराबर क्षति भएको प्रारम्भिक आकलन छ। यो निकै दुःखद् हो।’

प्रकाशित: ७ असोज २०८२ २१:४० | Tuesday, September 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast