जेनजी आन्दोलन : इतिहासमै उच्च बिमा दाबी [कुन कम्पनीमा कति?]

हिमाल प्रेस ७ असोज २०८२ १२:००
36
SHARES
जेनजी आन्दोलन : इतिहासमै उच्च बिमा दाबी [कुन कम्पनीमा कति?]

काठमाडौँ- ‘जेनजी आन्दोलन’ का क्रममा देशभर भएका तोडफोड, आगजनी, लुटपाट र सम्पत्तिमा भएका क्षतिले बिमा क्षेत्रको इतिहासमै ठूलो दाबी परेको छ। भदौ २३ र २४ मा देशव्यापी रूपमा भएको आन्दोलनका क्रममा भौतिक संरचनामा भएको तोडफोड र आगजनीबाट उत्पन्न क्षतिको बिमा दाबी अहिलेसम्मकै सर्वाधिक भएको हो।

नेपाल बिमा प्राधिकरणका अनुसार असोज ५ गतेसम्म दुई हजार ४७८ वटा बिमा दाबी दर्ता भई जम्मा २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ बराबरको दाबी आएको छ।

यसअघि २०७२ वैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्पका कारण भएको क्षतिमा साढे १७ हजार बिमाको १७ अर्ब ६५ करोड रुपियाँको बिमा दाबी परेको थियो। सञ्चालनमा रहेका १४ वटा निर्जीवन कम्पनी र चारवटा निर्जीवन माइक्रो इन्स्योरेन्स कम्पनीमा क्षतिको बिमा दाबी परेको छ।

आन्दोलनकारीले सरकारी निकायका धेरै पूर्वाधार र निजी क्षेत्रका धेरै व्यापारिक संरचना, होटेल, सोरुम, सुपरमार्केट, सञ्चारगृह, उद्योग गोदामदेखि निजी सवारी, निजी प्रयोजनका निवासलगायतलाई ध्वस्त बनाएका थिए।

बिमा दाबी पर्नेमा दी ओरियन्टल इन्स्योरेन्स अगाडि छ। ओरियन्टलमा ७३ वटा बिमाको पाँच अर्ब २२ करोड ९८ लाख रुपैयाँको दाबी परेको छ। सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा २७९ वटा बिमाको पाँच अर्ब आठ करोड २८ लाख र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा १७० वटा घटनाको दुई अर्ब ७६ करोड ८४ लाख रुपैयाँ बराबरको बिमा दाबी परेको छ।

कुन कम्पनीमा कति दाबी?

प्रकाशित: ७ असोज २०८२ १२:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast