पूर्वप्रधानमन्त्री खनालकी श्रीमती चित्रकारको उपचारका लागि भारत लगियो

हिमाल प्रेस ७ असोज २०८२ ७:५२ | Tuesday, September 23, 2025
पूर्वप्रधानमन्त्री खनालकी श्रीमती चित्रकारको उपचारका लागि भारत लगियो

काठमाडौँ- पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकारलाई थप उपचारका लागि भारत लगिएको छ।

गएको भदौ २४ मा जेनजी आन्दोलनकर्मीले काठमाडौँको डल्लु स्थित खनाल निवास जलाउँदा चित्रकार आगोमा परेकी थिइन्। उनी आगोमा परेर सशक्त घाइते भएकी थिइन्। खनाल निकट स्रोतका अनुसार हिजोसम्म काठमाडौँको बर्न अस्पतालमा उपचार रहेकोमा थप उपचारका लागि भारतको एपोलो अस्पताल लगिएको हो।

चित्रकारको उपचारका लागि पूर्वप्रधानमन्त्री खनालसहित केही पारिवारिक र निजी सचिवालयका केही व्यक्ति भारत प्रस्थान गरेका छन्। हिजो रातिको फ्लाइटमार्फत उनी भारत लागेको स्रोतको दाबी छ। उपचारका क्रममा उनको देब्रे हात काटिए पनि सोचेअनुसार स्वास्थ्यमा सुधार हुन सकेन।

प्रकाशित: ७ असोज २०८२ ७:५२ | Tuesday, September 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast