जेनजी कर्मचारीको माग- दलीय आवरणमा नियुक्त भएका उच्च प्रशासकलाई तत्काल बर्खास्त गर

हिमाल प्रेस ६ असोज २०८२ १४:५८ | Monday, September 22, 2025
जेनजी कर्मचारीको माग- दलीय आवरणमा नियुक्त भएका उच्च प्रशासकलाई तत्काल बर्खास्त गर

काठमाडौँ- ‘सार्वजनिक प्रशासन रूपान्तरण अभियान–२०८२’ को नाममा जेनजी कर्मचारीहरूले असफल राजनीतिक नेतृत्व पदत्याग गरिसकेको वर्तमान स्थितिमा त्यसैका आधारमा टिकेका उच्च प्रशासनिक पदाधिकारीलाई बर्खास्त गर्नुपर्ने माग गरेका छन्।

आइतबार ६ बुँदे विज्ञप्ति जारी गर्दै उनीहरूले मुख्यसचिव एकनारायण अर्याल, संघीय संसद्का महासचिव पद्‍मप्रसाद पाण्डे र गृहसचिव गोकर्णप्रसाद दुवाडीसहितका उच्च तहका कर्मचारीलाई तत्काल पदमुक्त गर्न सरकारसमक्ष आग्रह गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक तथा प्रशासनिक नेतृत्वको अक्षमता, अकर्मण्यता, अदूरदर्शिता र गैरजिम्मेवारीपनका कारण हालको परिस्थिति उत्पन्न भएको पुष्टि भई तत्कालीन राजनीतिक नेतृत्वको बहिर्गमन भइसकेको सन्दर्भमा सोही राजनीतिक नेतृत्वको मतियारको रूपमा रहेका हालको प्रशासनिक नेतृत्वबाट रूपान्तरण सम्भव नहुने ठहर गर्दै नेपाल सरकारका मुख्यसचिव, संघीय संसद्का महासचिव, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार र गृहसचिव लगायतका जिम्मेवार पदाधिकारी एवम् कर्मचारीहररूको तत्काल बर्खास्त गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं।’

जेनजी आन्दोलनकै दबाबमा नेपाली कांग्रेस र नेकपा एमालेको दुई तिहाइ बहुमतको सरकार सडकबाट विस्थापित भई सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको हो। आउँदो फागुन २१ गते प्रतिनिधिसभा सदस्य चुनाव गराउने जिम्मेवारी पाएको सरकारसँग सुशासन स्थापना गर्ने जनताको अपेक्षा छ।

प्रकाशित: ६ असोज २०८२ १४:५८ | Monday, September 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast