शिक्षा मन्त्रालय मातहतका एकाइलाई क्षतिको विवरण पठाउन मानव स्रोतको पत्र

हिमाल प्रेस ६ असोज २०८२ १२:५३ | Monday, September 22, 2025
शिक्षा मन्त्रालय मातहतका एकाइलाई क्षतिको विवरण पठाउन मानव स्रोतको पत्र

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गत भदाै २३ र २४ गते जेनजी पुस्ताले गरेको प्रदर्शनका क्रममा शिक्षा क्षेत्रमा परेको क्षतिको विस्तृत विवरण संकलन गर्न निर्देशन दिएको छ।

केन्द्रले आइतबार शिक्षा विकास तथा समन्वय एकाइहरूलाई पत्र पठाउँदै प्रदर्शनका क्रममा विद्यालयहरूमा भौतिक संरचना, शैक्षिक सामग्री, पुस्तकालय, कागजात तथा अन्य गतिविधिहरूमा क्षति पुगेको प्रारम्भिक विवरण पठाउन निर्देशन दिएको हो।

केन्द्रका अनुसार तथ्यपरक विवरण संकलन गरी तत्कालीन, मध्यमकालीन र दीर्घकालीन रूपमा शैक्षिक सेवा प्रवाहलाई निरन्तरता दिने रणनीति बनाउन आवश्यक देखिएको छ।

असोज १२ गतेभित्र क्षतिको विवरण तयार गरी [email protected] मा पठाउन शिक्षा विकास तथा समन्वय एकाइहरूलाई निर्देशन दिइएको छ। स्थानीय तह र सम्बन्धित निकायसँग समन्वय गरी क्षतिको विवरण संकलन गर्न पनि केन्द्रले आग्रह गरेको छ।

यस्तो छ पत्र

प्रकाशित: ६ असोज २०८२ १२:५३ | Monday, September 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast