‘परिवर्तन’ मा सुशीलको यस्तो लुक्स

हिमाल प्रेस ६ असोज २०८२ १०:५९ | Monday, September 22, 2025
‘परिवर्तन’ मा सुशीलको यस्तो लुक्स

काठमाडौँ- फिल्म ‘परिवर्तन’ मा अभिनेता सुशील श्रेष्ठको क्यारेक्टर लुक्स सार्वजनिक भएको छ।

निर्माण टिमले सोमबार सुशीलको क्यारेक्टर लुक्स सार्वजनिक गरेका हुन्। पोस्टरमा उनी एक्सन अवतारमा देखिएका छन्। उनले हातमा तरबार बोकेका छन्।

साथै, आगामी माघ ९ मा प्रदर्शन हुने पनि घोषणा गरिएको छ। फिल्म दिब्यासी फिल्मस्को ब्यानरमा निर्माण भएको हो।

निर्देशक विजय केरुङले निर्देशन गरेको फिल्ममा सुशीलसहित अञ्जना बराइली, सरोज खनाल, करिश्मा मानन्धर, हेमन्त बुढाथोकी, सुवास मेचे, बुद्धि तामाङ, पुकार भट्टराई, यामनाथ खरेल, गौतम तिवारीलगायत कलाकारको अभिनय रहनेछ।

फिल्मको कथा शिवम् अधिकारीले लेखेका हुन्। शिव ढकालले छायांक्न गरेको फिल्म बन्दे प्रसादको सम्पादन र श्री श्रेष्ठको एक्सन निर्देशनमा बनेको छ।

प्रकाशित: ६ असोज २०८२ १०:५९ | Monday, September 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast