शक्तिपीठमा पूजा गर्न दर्शनार्थीको लाम

हिमाल प्रेस ६ असोज २०८२ ९:१३ | Monday, September 22, 2025
शक्तिपीठमा पूजा गर्न दर्शनार्थीको लाम भक्तपुर, ६ असोज ः घटस्थापनाका दिन सोमबार बिहान भक्तपुरको प्रसिद्ध ब्रम्हायणी मन्दिरमा पूजाअर्चनाका लागि आएका भक्तजनको घुइँचो । ब्रम्हायणी खोलामा स्नान गरेर मन्दिरमा जाने, पूजा एवं दर्शन गर्ने र सोही खोलाबाट लगेको बालुवा, माटोमा घरमा जमरा राख्ने परम्परा रहँदै आएको छ । तस्बिर : रमेश गिरी/ रासस

काठमाडौँ- नवरात्रको पहिलो दिन आज नेपालीले घर घरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलोदेवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्दैछन्।

घरको पूजा कोठा वा दसैँघरमा विधिपूर्वक घटस्थापना गरेपछि शैलपुत्री देवीलाई आह्वान गरी पूजा आराधना गरिन्छ। नवदुर्गामध्येकी पहिलोदेवी शैलपुत्री दुर्गाको नौ मूर्तिमध्येको एक हो।

गिरिराज हिमालयकी पुत्री पार्वतीदेवी नै शैलपुत्री भएको देवी कवच, मार्कण्डेयलगायत पुराणआदि ग्रन्थमा उल्लेख गरिएको छ। शैलपुत्री देवीलाई सबैकी अधिश्वरीका रुपमा पूजाआराधना गरिन्छ।

हिमालयको तपस्या र प्रार्थनाले शैलपुत्रीदेवी प्रसन्न भएर उहाँको पुत्रीका रुपमा उत्पन्न भएको पनि विभिन्न पुराणमा उल्लेख गरिएको छ। आज घटस्थापनासँगै काठमाडौँ उपत्यकालगायत देशभरका शक्तिपीठमा पूजा, आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ।

प्रकाशित: ६ असोज २०८२ ९:१३ | Monday, September 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast