महावीर पुनले भने : मलाई मन्त्री नभन्नु, बधाई दिन पनि नआउनु

हिमाल प्रेस ६ असोज २०८२ ७:५७ | Monday, September 22, 2025
महावीर पुनले भने : मलाई मन्त्री नभन्नु, बधाई दिन पनि नआउनु शिक्षामन्त्री महावीर पुन

काठमाडौँ- राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले आफूलाई मन्त्री नभन्न आग्रह गरेका छन्। उनले  बधाईदिनका लागि फोन नगर्न समेत आग्रह गरेका हुन्।

सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त हुन लागेका पुनले बधाई दिँदा खादा माला लिएर नआउन पनि आग्रह गरेका छन्।

उनले बधाई र खादामालाको साटो ५ महिनामा आफ्नो क्षेत्राधिकारभित्र पर्ने मन्त्रालयबाट गर्न सकिने काम र आइडियाहरू ह्वाट्सएपबाट पाउन पनि आग्रह गरेका छन् । पुनले आफूलाई मन्त्री नभन्न आग्रह गर्दै भन्ने मन भए कवाडी वैज्ञानिक मन्त्री भन्ने आग्रह पनि गरेका छन् ।

उनले भनेका छन्, ‘मेरो पहिलो घोषणा कसैले पनि लौ बधाई छ भनेर फोन नगर्नुहोला र बधाई दिन खादा माला लिएर नआउनुहोला । बरु शिक्षा विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिना भित्र गर्न सकिने र गर्नै पर्ने ठोस काम र आइडिया छ भने मेरो ह्वाट्सएपमा पठाउनुहोला । मलाई कसैले पनि मन्त्री नभन्नु होला कसैलाई मन्त्री नै भन्न साह्रै रहर छ भने कवाडी वैज्ञानिक मन्त्री भन्नुहोला ।’

प्रकाशित: ६ असोज २०८२ ७:५७ | Monday, September 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast