पुनर्निर्माणका लागि आयात गर्ने सामग्रीमा लाग्ने भन्सारमा ५० प्रतिशतसम्म छुट

हिमाल प्रेस ५ असोज २०८२ २०:३२ | Sunday, September 21, 2025
पुनर्निर्माणका लागि आयात गर्ने सामग्रीमा लाग्ने भन्सारमा ५० प्रतिशतसम्म छुट

काठमाडौँ- जेनजी आन्दोलनका क्रममा ध्वस्त भएका सार्वजनिक सम्पत्ति पुनर्निर्माणका लागि आयात गर्ने आयातीत सामग्रीमा लाग्ने भन्सारमा ५० प्रतिशतसम्म छुट दिने निर्णय गरिएको छ। आज (आइतबार) बसेको मन्त्रिपरिषद् बैठकले भन्सार छुट दिने निर्णय गरेको हो।

साथै प्रभावित उद्योग र व्यवसायहरूले तिर्नुपर्ने ऋणको म्याद सार्नुपर्ने व्यवस्था पनि गरिएको छ। त्यसै गरी जेनजी आन्दोलनका बेला क्षतिग्रस्त सवारीसाधन र मेसिन लगायतमा सामान मिनाहा गरी कवाडीका रूपमा लिलाम बिक्री गर्ने निर्णय बैठकले गरेको छ।

प्रकाशित: ५ असोज २०८२ २०:३२ | Sunday, September 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast