पूर्वन्यायाधीश कार्कीको अध्यक्षतामा उच्च न्यायिक जाँचबुझ आयोग गठन

हिमाल प्रेस ५ असोज २०८२ १९:४६ | Sunday, September 21, 2025
पूर्वन्यायाधीश कार्कीको अध्यक्षतामा उच्च न्यायिक जाँचबुझ आयोग गठन प्रधानमन्त्री सुशीला कार्की।

काठमाडौँ- जेनजी आन्दोलनका बेला (भदौ २३ र २४) भएका घटनाको अनुसन्धानका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरिएको छ।

आज (आइतबार) बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन गरिएको हो। सदस्यहरूमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी रहेका छन्।

आयोगको कार्यावधि तीन महिना तोकिएको छ।

प्रकाशित: ५ असोज २०८२ १९:४६ | Sunday, September 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast