सिंहदरबारमा मर्मत सम्भार हुँदै

हिमाल प्रेस ४ असोज २०८२ १५:४७ | Saturday, September 20, 2025
सिंहदरबारमा मर्मत सम्भार हुँदै

काठमाडौँ- जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षति पुगेका सिंहदरबारभित्रका विभिन्न मन्त्रालयको मर्मत सम्भार भइरहेको छ।

आन्दोलनका क्रममा गत भदौ २४ गते जलेर क्षतिग्रस्त बनेको सिंहदरबारका केही मन्त्रालयबाटै पुनः काम सुरु गर्न मर्मतसम्भारका साथै रंगरोगन भइरहेको हो।

आगजनी तथा तोडफोडबाट क्षति भएका मन्त्रालयका झ्याल ढोका परिवर्तन गर्ने, फर्निचर लगायतका आवश्यक सामाग्री राख्ने काम भइरहेको शहरी बिकास मन्त्रालयले जनाएको छ।

सिंहदरबारमा आगजनी हुँदा प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालयलगायतका केही मन्त्रालय पूर्ण रुपमा ध्वस्त भएको छ भने केही मन्त्रालयमा आंशिक क्षति भएको छ। सुरक्षा मापदण्डलाई ध्यानमा राख्दै मर्मत सम्भारको काम भइरहेको बताइएको छ।

प्रकाशित: ४ असोज २०८२ १५:४७ | Saturday, September 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast