संविधान दिवसमा अमेरिकाको बधाई

हिमाल प्रेस ३ असोज २०८२ १८:२४
10
SHARES
संविधान दिवसमा अमेरिकाको बधाई फाइल तस्बिर

काठमाडौँ- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले नेपालले आगामी निर्वाचनमार्फत लोकतान्त्रिक समाधान प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन्। संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन्।
संविधानबमोजिम सञ्चालन र पारदर्शी सरकार हुनुपर्ने नेपाली जनताको आकांक्षालाई अमेरिकाले समर्थन गर्ने उनको भनाइ छ।

रुबियोले भने,‘अमेरिका नेपाली जनताको संविधानअनुसार काम गर्ने पारदर्शी सरकारप्रतिको आकांक्षालाई समर्थन गर्दछ, जुन आगामी महिनाहरूमा हुने निर्वाचनको तयारीमा लोकतान्त्रिक समाधान प्राप्त गर्न अपरिहार्य हुनेछ।’

उनले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका तथा घाइते भएकाहरूप्रति शोक व्यक्त गर्दै परिवारजनलाई समवेदना प्रकट गरेका छन्। ‘अमेरिका नेपाली जनताको पीडामा साथ छ,’ उनले भनेका छन्।

आर्थिक समृद्धि हासिल गर्ने, क्षेत्रीय सुरक्षालाई सुदृढ गर्ने सबैका लागि समृद्ध भविष्य बनाउन पाउने अधिकार नेपालसँग रहेको रुबियोको भनाइ छ।

विदेशमन्त्री रुबियोले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्टमार्फत यातायात र ऊर्जा पूर्वाधार विस्तार, रोजगारी सिर्जना र नेपाल–अमेरिका साझेदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता दोहोर्‍याएका छन्। उनले अमेरिकी कम्पनीहरूका लागि नेपालमा व्यापारिक अवसरहरू बढ्न विश्वास पनि व्यक्त गरेका छन्।

‘यस विशेष दिनमा हामी नेपाली जनतालाई फेरि दिन्छौँ र दक्षिण एसियामा स्थिरता प्रवद्र्धन गर्न तथा विश्वलाई अझ सुरक्षित बनाउन नेपालसँग नजिकको सहकार्यलाई निरन्तरता दिने अपेक्षा गर्दछौँ,’ उनले भनेका छन्।

प्रकाशित: ३ असोज २०८२ १८:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast