एमाले नेताहरूले गरे कांग्रेस पार्टी कार्यालय अवलोकन

हिमाल प्रेस ३ असोज २०८२ १३:५८ | Friday, September 19, 2025
एमाले नेताहरूले गरे कांग्रेस पार्टी कार्यालय अवलोकन

ललितपुर- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत नेताहरूले नेपाली कांग्रेस पार्टी कार्यालयको अवलोकन गरेका छन्।

आज बिहान जेनजी प्रदर्शनका क्रममा जलाइएको कांग्रेस केन्द्रीय कार्यालय सानेपा पुगेर उनीहरूले आवश्यक जानकारी लिएका हुन्।

उपाध्यक्षद्वय गुरु बराल, अष्टलक्ष्मी शाक्य, महासचिव शंकर पोखरेल, विदेश विभाग प्रमुख राजन भट्टराई, नेता अमृतकुमार बोहरालगायत नेताहरू अवलोकनमा गएका थिए।

उनीहरूलाई कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठ र केन्द्रीय कार्यालय सचिव प्रदीप पराजुलीले क्षतिको जानकारी गराएका थिए।

‘एउटै समूहले योजनाबद्ध रूपमा क्षति पुर्‍याएको हो। पहिलो, दोस्रो र तेस्रो पटकसम्म उनीहरू आएर सामग्री लुटेर लगे, चौथोपटक आएर आगो लगाइदिए’, श्रेष्ठले भने।

प्रकाशित: ३ असोज २०८२ १३:५८ | Friday, September 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast