पुनर्निर्माणका लागि कांग्रेस गण्डकी प्रदेश संसदीय दलले १० लाख दिने

हिमाल प्रेस २ असोज २०८२ १८:४७ | Thursday, September 18, 2025
पुनर्निर्माणका लागि कांग्रेस गण्डकी प्रदेश संसदीय दलले १० लाख दिने

पोखरा– नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलले पुनर्निर्माण कोष स्थापना गर्नुपर्नेमा जोड दिँदै आफ्नोतर्फबाट १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

दलका नेता मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा बिहीबार बसेको बैठकले त्यसका लागि १० लाख रुपैयाँ सहयोगसहित ९ बुँदे निर्णय गरेको हो। जनतालाई प्रत्यक्ष सेवा दिने कार्यालयको तत्काल पुनःनिर्माण गर्नुपर्ने कांग्रेस संसदीय दलको जोड छ।

बैठकले जेनजी आन्दोलनमा सहादतप्राप्त युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै आन्दोलनमा भएका ज्यादती तथा ध्वंसात्मक गतिविधिको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ।

बैठकले जेनजी पुस्ताले उठाएका सुशासन, भ्रष्टाचार नियन्त्रण र सामाजिक सञ्जालमाथिको नियन्त्रण हटाउने जस्ता मुद्दामा कांग्रेसको प्रतिबद्धता स्पष्ट पार्दै भौतिक संरचनामा भएको क्षतिको विवरण संकलन गरी शीघ्र पुनर्निर्माण योजना ल्याउन सरकारलाई आग्रह गरेको प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताए।

प्रकाशित: २ असोज २०८२ १८:४७ | Thursday, September 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast