‘सोल्टिनी’ को टिजरमा प्रकाश र परीक्षाको अन्तरजातीय प्रेम र उतारचढाव

हिमाल प्रेस २ असोज २०८२ १३:४६
12
SHARES
‘सोल्टिनी’ को टिजरमा प्रकाश र परीक्षाको अन्तरजातीय प्रेम र उतारचढाव

काठमाडौँ- फिल्म ‘सोल्टिनी’ को टिजर सार्वजनिक भएको छ। टिजर बिहीबार ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। टिजरमा अभिनेता प्रकाश सपुत र अभिनेत्री परीक्षा लिम्बूबीचको प्रेम जीवनमा आइपर्ने उतारचढाव देखाइएको छ।

फिल्म आगामी कात्तिक ६ मा भाइटिकाको दिन प्रदर्शन हुनेछ। फिल्म अर्जुन सुवेदीले निर्देशन गरेका हुन्। उनका अनुसार फिल्म समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावविरुद्ध आवाज उठाउने सन्देश समेटिएको छ।

फिल्मको कथा र पटकथा अर्जुन सुवेदी र कुमार भट्टराईले तयार पारेका छन्। प्रकाश र परीक्षासँगै फिल्ममा विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडालगायत कलाकारको अभिनय छ।

फिल्ममा कार्यकारी निर्मातामा ‘हर्क साम्पाङ रिभोलुसन एन्ड द टिम’को संलग्नता छ। जसको नेतृत्व धरानका मेयर हर्क साम्पाङले गरिरहेका छन्। फिल्मका निर्माता रेजिना बिष्ट र संसार चौलागाईं हुन्।इलाम बजार, बिब्ल्याँटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका रमणीय स्थानमा छायांकन गरिएको छ।

यस्ताे छ टिजर

प्रकाशित: २ असोज २०८२ १३:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast