सुनसरीमा बसले ट्रकलाई ठक्कर दिँदा दुईको मृत्यु, १० घाइते

हिमाल प्रेस २ असोज २०८२ १३:२५
8
SHARES
सुनसरीमा बसले ट्रकलाई ठक्कर दिँदा दुईको मृत्यु, १० घाइते

इटहरी- सुनसरीको कोशी गाउँपालिका १ स्थित खुनिया पुल नजिक पूर्व-पश्चिम राजमार्गमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १-०२-००२ ख ०९४९ नम्बरको यात्रु बाहक बसले बिग्रेर सडक छेउमा रोकी राखिएको ना ६ ख ३७३३ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाका अनुसार दुर्घटनामा एक महिला र एक पुरुष मृत्यु भएको हो। मृतकहरूको पहिचान भने अझै खुल्न सकेको छैन। मृत्यु भएका पुरुषको जिल्ला अस्पताल इनरुवा र महिलाको न्युरो कार्डियो अस्पताल भोक्राहामा उपचारको क्रममा निधन भएको हो।

दुर्घटनामा घाइते भएका १० जनाको उपचार भइरहेको छ। घाइते हुनेमा सप्तरी, सिरहा र सुनसरीका विभिन्न स्थानका नागरिक रहेका छन्।

घाइतेहरूमा प्रकाश सरदार र उनकी पत्नी पुनम सरदार, ज्ञानदेवी चौधरी, बानेश्वरी देवी चौधरी, केसीदेवी चौधरी, शान्तिदेवी चौधरी, दिनेशकुमार चौधरी, चन्द्रिका चौधरी, प्रभानन्द चौधरी, र पुरुषोत्तम चौधरी रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २ असोज २०८२ १३:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast