जनमतका ६ केन्द्रीय नेताले एकसाथ छाडे पार्टी

हिमाल प्रेस २ असोज २०८२ १२:३८
50
SHARES
जनमतका ६ केन्द्रीय नेताले एकसाथ छाडे पार्टी

काठमाडौँ- डा.सीके राउत नेतृत्वको जनमत पार्टीका शीर्ष तहका ६ जना नेताले एकसाथ पार्टी परित्याग गरेका छन्।

बुधबार मात्रै अध्यक्ष राउतलाई २४ घण्टाभित्र राजीनामा दिन अल्टिमेटम दिएका ती नेताहरूले बिहीबार साधारण सदस्य समेत नरहने गरी पार्टी छाडेको घोषणा गरेका हुन्।

पार्टी छाड्नेमा उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा.शरदसिंह यादव, युवा संघका केन्द्रीय संयोजक सीके सिंह, सुदूरपश्चिम इञ्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद् सदस्य विक्रमबहादुर बम रहेका छन्।

अध्यक्षलाई राजीनामा दिन दबाब दिएपछि राउतले सामाजिक सञ्जालमार्फत पार्टी छोड्न अनुकूल समय आएको बताएका थिए।

पार्टी परित्यागपछि प्रवक्ता डा.शरदसिंह यादवले भने, ‘हामी नयाँ पार्टी खोल्न भनेर बाहिरिएका होइनौं, उहाँलाई सहज होस् भन्ने हेतुले मात्र पार्टी छोडेका हौं।’

प्रकाशित: २ असोज २०८२ १२:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast