९८ औं ओस्कार अवार्डमा नेपालबाट ‘अञ्जिला’ सिफारिस

हिमाल प्रेस २ असोज २०८२ ११:४९ | Thursday, September 18, 2025
९८ औं ओस्कार अवार्डमा नेपालबाट ‘अञ्जिला’ सिफारिस

काठमाडाैँ- ९८ औं ओस्कारको अन्तर्राष्ट्रिय फिचर विधामा नेपालबाट फिल्म ‘अञ्जिला’ सिफारिस भएको छ। एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेस अन्तर्गत अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समिति (नेपाल)ले एक विज्ञप्ति जारी गर्दै अञ्जिलालाई छनोट गरेको जानकारी दिएको छ।

उक्त विधामा प्रतिष्पर्धा गर्न नेपालबाट ‘अञ्जिला’ र ‘गुन्यु चोलो’ ले आवेदन दिएका थिए। दुइटैको प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण, र कलात्मक शिल्पलाई मध्यनजर गर्दै ‘अञ्जिला’ लाई सिफरिस गरेको जारी विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘प्राप्त दुवै फिल्मको मूल्यांकन गरी एकेडेमीका मापदण्ड अनुरूप उच्च स्तरीय एवम् उत्कृष्ट एक फिल्म सिफारिस गर्नुपर्ने भएकोले प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण, र कलात्मक शिल्पलाई ध्यानमा राखी गहन अध्ययन पश्चात् उक्त अवार्डमा नेपालको तर्फबाट प्रतियोगीका रूपमा फिल्म ‘अञ्जिला’ लाई छनोट गरिएको छ।’

९८ औं एकेडेमी अवार्ड (ओकार) आगामी १५ मार्च, २०२६ मा अमेरिकाको लस एन्जलसस्थित डल्बी थिएटरमा आयोजना हुनेछ।

मिलन चाम्स निर्देशित फिल्म ‘अञ्जिला’ २०८२ सालको चर्चित फिल्म हो। फिल्मको कथा राष्ट्रिय महिला फुटबल खेलाडी एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित छ।

यी हुन् ओस्कारका लागि सिफारिस भएका १४ नेपाली फिल्म

प्रकाशित: २ असोज २०८२ ११:४९ | Thursday, September 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast