नेपालसँग टी २० शृंखला खेल्ने वेस्ट इन्डिज टोली घोषणा

हिमाल प्रेस २ असोज २०८२ ८:०३ | Thursday, September 18, 2025
नेपालसँग टी २० शृंखला खेल्ने वेस्ट इन्डिज टोली घोषणा

काठमाडौँ- क्रिकेट वेस्ट इन्डिजले नेपालसँगको टी २० शृंखला खेल्ने टिमको घोषणा गरेको छ। गएराति वेस्ट इन्डिजले १५ सदस्यीय टोली सार्वजनिक गरेको हो।

वेस्ट इन्डिजले क्यारेबियन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका केही नयाँ खेलाडीलाई मौका दिँदा अनुभवी खेलाडीलाई विश्राम दिएको छ। नेपालसँगको सिरिजको कप्तानी अकील होसेनले गर्दैछन्।

नेपालसँग खेल्ने वेस्ट इन्डिज टोली

नेपालसँग खेल्ने टिममा अकिल होसेन (कप्तान), फेबियन एलन, ज्वेल एन्ड्रयु, अकिम अगेस्ट, नविन बिदाइस, जेडियाह ब्लेड्स, केसी कार्टी, करिमा गोरे, जेसन होल्डर, आमिर जाङ्गु, काइल मेयर्स, ओबेड म्याककोय, जिशान मोटारा, रामोन सिमोन्ड्स र शमार स्प्रिङ्गर छन्।

प्रकाशित: २ असोज २०८२ ८:०३ | Thursday, September 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast