सहकारी संस्थामा कार्यरत रेश्मिका मृत फेला

हिमाल प्रेस ३१ भदौ २०८२ १७:१२ | Tuesday, September 16, 2025
सहकारी संस्थामा कार्यरत रेश्मिका मृत फेला

खोटाङ- दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ बतासेकी २८ वर्षीया रेश्मिका सिवा परियार मृत फेला परेकी छन्। उनी दिप्रुङ चुइचुम्मा-५ सछितापोखरीस्थित अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत थिइन्।

परियार सोमबार राति मार्से सामुदायिक वनमा मृत फेला परेकी हुन्। उक्त सहकारी संस्थाका अध्यक्ष सागर तामाङका अनुसार परियार सोमबार साँझ कार्यालयबाट बाहिर निस्केकी थिइन्।

राति अबेरसम्म घर नपुगेपछि खोजी गर्ने क्रममा उनी मार्से सामुदायिक वनको झाडीमा मृत फेला परेकी थिइन्। अनुसन्धान गर्न प्रहरी टोली घटनास्थलमा गएको प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिए।

घटनास्थलमा प्रहरी चौकी याङ्सोलाटार, छितापोखरी, भँडारेघाट र याम्खाको टोली सोमबार राति नै खटिएको उनले बताए।

प्रकाशित: ३१ भदौ २०८२ १७:१२ | Tuesday, September 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast