तीन दिन राष्ट्रिय शोक मनाउने गृहमन्त्रीको पहिलो निर्णय

हिमाल प्रेस ३० भदौ २०८२ १३:४२ | Monday, September 15, 2025
2
SHARE
तीन दिन राष्ट्रिय शोक मनाउने गृहमन्त्रीको पहिलो निर्णय

काठमाडौँ- सरकारले जेनजी आन्दोलनमा सहिद भएकाहरूको सम्झनामा तीन दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।

शीतल निवासमा आज राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएर सिंहदरबारस्थित गृह मन्त्रालयमा पदभार सम्हाल्दै गृहमन्त्री ओमप्रकाश अर्यालले उक्त निर्णय गरेका हुन्।

सहिदहरूको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइने छ। आन्दोलनमा घाइते भएकाहरूका परिवारलाई एक एक लाख रुपैयाँका दरले राहत दिने निर्णय पनि भएको छ।

शवहरू व्यवस्थापनका लागि सरकारले नि:शुल्क सवारीसाधन उपलब्ध गराउने र विकट ठाउँमा हेलिकप्टरबाट पुर्‍याउने निर्णय पनि गरिएको छ।

प्रकाशित: ३० भदौ २०८२ १३:४२ | Monday, September 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast