सुजन गुरुङ समूहले बालुवाटार पुगेर माग्यो प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीमा अर्याल नियुक्ति भएकोमा असन्तुष्टि

हिमाल प्रेस ३० भदौ २०८२ ७:२१ | Monday, September 15, 2025
सुजन गुरुङ समूहले बालुवाटार पुगेर माग्यो प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीमा अर्याल नियुक्ति भएकोमा असन्तुष्टि

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकारको कानुन तथा गृहमन्त्रीका रुपमा अधिवक्ता ओमप्रकाश अर्याललाई शपथ गराउने तयारी गरेपछि जेनजीले बालुवाटारमै प्रदर्शन गरेका छन्।

आन्दोलनको सफलतापछि सहजकर्ताका रुपमा उदाएका अर्याललाई गृहमन्त्री दिनु नहुने र जेनजी अगुवा नै गृहमन्त्री बन्नुपर्ने अडान केही युवाको छ।

जेनजीका अगुवा सुजन गुरुङ नै गृहमन्त्री बन्नुपर्ने र नबने अर्को युवालाई पठाउनुपर्ने उनीहरुको माग छ। केही युवाले गुरुङका गतिविधिप्रति आक्रोश व्यक्त गरेका छन्।

आइतबार प्रधानमन्त्री कार्कीले कुलमान घिसिङलाई ऊर्जा, सहरी विकास तथा भौतिक पूर्वाधार, ओमप्रकाश अर्याललाई कानुन तथा गृह र रामेश्वर खनाललाई अर्थमन्त्री नियुक्त गर्ने निर्णय गरेपछि जेनजीमा विवाद चुलिएको हो। अन्य नाममा विवाद नगरेका उनीहरुले अर्यालप्रति आक्रोश व्यक्त गरेका छन्।

सुजन गुरुङले ओमप्रकाश अर्यालको नाम लिएर आक्रोश पोखेका छन्। ‘यो ओमप्रकाश लयर आफैँले गृहमन्त्री बनाउँदो रहेछ त्यहाँ भित्र बसेर,’ उनले आक्रोशमा भनेका छन् ।

प्रकाशित: ३० भदौ २०८२ ७:२१ | Monday, September 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast