सुदन गुरुङको पत्रकार सम्मेलनमा कुटाकुट

हिमाल प्रेस २९ भदौ २०८२ १७:५६ | Sunday, September 14, 2025
सुदन गुरुङको पत्रकार सम्मेलनमा कुटाकुट

काठमाडौँ- ‘हामी नेपाल’ नामक संस्थाले गरेको पत्रकार सम्मेलनमा कुटाकुट भएको छ। जेन–जीका विषयमा भइरहेको विवाद लगायतका विषयमा सो संस्थाले आज (आइतबार) रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गरेको थियो।

पत्रकार सम्मेलनमा संस्थाका सुदन गुरुङले धारणा राखिरहँदा विवाद भएको थियो। गुरुङ जेन-जी आन्दोलनको अगुवा पनि हुन्।

पत्रकार सम्मेलनमा उपस्थित भएका केही युवाहरूले सञ्चारकर्मीसँग विवाद र हातपात गरेपछि कुटाकुट भएको हो।

पत्रकार सम्मेलनमा क्रममा उपस्थित भएका युवाहरूबीच समेत एकआपसमा विवाद भएको थियो।

केही युवाहरूले पत्रकार सम्मेलनमा घुसपैठ भएको आशंका गरेका छन्।

प्रकाशित: २९ भदौ २०८२ १७:५६ | Sunday, September 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast