मुख्यमन्त्रीबाट निकालिए सतिश सिंह

हिमाल प्रेस २८ भदौ २०८२ २०:०१ | Saturday, September 13, 2025
मुख्यमन्त्रीबाट निकालिए सतिश सिंह

काठमाडौँ- जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई सरकारको नेतृत्वबाट फिर्ता बोलाएको छ।  मुख्यमन्त्री पदबाट राजीनामा दिन तयार नभएपछि जनमत पार्टीको प्रदेश संसदीय दलले सिंहलाई फिर्ता बोलाएको हो।

सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मुख्यमन्त्रीका साथै सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाइएको संसदीय दलका नेता महेशप्रसाद यादवले जानकारी दिए।

सरकारबाट समर्थन फिर्ताका साथै मुख्यमन्त्री तथा मन्त्रीलाई फिर्ता बोलाइएको जानकारीसहितको पत्र जनमत पार्टीको संसदीय दलले प्रदेश प्रमुखसमक्ष पेस गरेको छ।

‘उपरोक्त सम्बन्धमा हाम्रो दल जनमत पार्टीले सरकारलाई दिइएको समर्थन फिर्ता साथै मुख्यमन्त्री÷मन्त्रीलाई फिर्ता बोलाइएको जानकारीसहित निवेदन गर्दछौँ,’ संदीय दलको कार्यालयले प्रदेश प्रमुखसमक्ष पेस गरेको पत्रमा भनिएको छ।

जेनजी आन्दोलन उग्र बनेपछि मुख्यमन्त्री सिंहले २४ भदौमा सामाजिक सञ्जालमार्फत पदबाट राजीनामा दिएको घोषणा गरेका थिए।

‘…नागरिकको जीवन सुरक्षित गर्न नसकिएको वर्तमान परिस्थितिले मलाई आत्मसम्मानपूर्वक यो निर्णय लिन बाध्य बनाएको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका थिए,‘नागरिकको ज्यानभन्दा ठूलो अरू केही छैन भन्ने अटल विश्वासका साथ, जनताको अधिकार र भविष्यप्रति उत्तरदायी हुँदै म मधेश प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा गर्दछु।’

सामाजिक सञ्जालमा घोषणा गरेर सिंहल औपचारिक रूपमा राजीनामा नदिएपछि चौतर्फी आलोचना भएको थियो। उनले आफूले राजीनामा नदिएको दाबी गरेका थिए। अरूलाई मुख्यमन्त्री बनाउन आफूले किन राजीनामा दिने उनको भनाइ थियो।

सामाजिक सञ्जालमार्फत घोषणा गरेर पनि आधिकारिक रूपमा राजीनामा दिन तयार नभएपछि जनमत पार्टीले उनीमाथि दबाब बढाएको थियो।राजीनामा नदिए फिर्ता बोलाउनसम्मको चेतावनी पार्टीले सिंहलाई दिएको थियो। आधिकारिक रूपमा राजीनामा नदिएपछि पार्टीले सिंहलाई फिर्ता बोलाएको हो।

‘पदलोलुप’ मुख्यमन्त्री : राजीनामा घोषणा गर्ने, पत्र नबुझाउने

प्रकाशित: २८ भदौ २०८२ २०:०१ | Saturday, September 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast