अन्तरिम प्रधानमन्त्री कार्कीलाई दलाई लामाको बधाई

हिमाल प्रेस २८ भदौ २०८२ १९:५४ | Saturday, September 13, 2025
अन्तरिम प्रधानमन्त्री कार्कीलाई दलाई लामाको बधाई दलाई लामा/फाइल तस्बिर

काठमाडौँ- तिब्बती धर्मगुरु तथा नोबेल शान्ति पुरस्कार विजेता दलाई लामाले नेपालका अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएका छन्।

उनले शुभकामना सन्देश जारी गर्दै भनेका छन्, ‘नेपाल र तिब्बतका जनताबीच ऐतिहासिक रूपमा घनिष्ठ सम्बन्ध रहँदै आएको छ। सन् १९५९ पछि तिब्बतबाट जबरजस्ती निर्वासनमा आउनुपरेका शरणार्थीहरूलाई पुनःस्थापना गर्न नेपाल सरकारले र नेपाली जनताले दिएको सहयोगप्रति म अत्यन्तै आभारी छु।’

उनले नेपाली भूमिमा बसोबास गर्दै आएका तिब्बती समुदायले नेपालकै आर्थिक वृद्धिमा उल्लेखनीय योगदान गरिरहेको विश्वास व्यक्त गरे। उनले तिब्बती समुदायको संख्या कम भए पनि अर्थतन्त्रमा उनीहरूको योगदान सकारात्मक रहेको बताए।

नेपालमा पछिल्ला वर्षहरूमा देखिएको समग्र विकास र समृद्धिको उनले प्रशंसा पनि गरे। ‘जब यस्तो प्रगतिले गरिब र आवश्यक परेका मानिसहरूको जीवनस्तरमा सुधार ल्याउँछ, त्यस्तो उपलब्धि अझ अर्थपूर्ण हुन्छ,’ उनले भनेको छ।

धर्मगुरु लामाले प्रधानमन्त्री कार्कीलाई सशक्त नेतृत्वको शुभकामना दिँदै चुनौतीपूर्ण समयमा नेपाली जनताको आशा र आकांक्षाहरू पूरा गर्न शुभकामना दिएका छन्।

प्रकाशित: २८ भदौ २०८२ १९:५४ | Saturday, September 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast