आठ दलका प्रमुख सचेतकहरूले भने – संसद विघटन असंवैधानिक, फिर्ता लेऊ

हिमाल प्रेस २८ भदौ २०८२ १७:०१ | Saturday, September 13, 2025
आठ दलका प्रमुख सचेतकहरूले भने – संसद विघटन असंवैधानिक, फिर्ता लेऊ

काठमाडौँ- आठ राजनीतिक दलका प्रमुख सचेतकहरूले संसद विघटन गर्ने निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्।

नेपाली कांग्रेस, नेकपा एमाले, माओावदी केन्द्र, एकीकृत समाजवादी, जसपा, जनमत पार्टी, लोसपा र नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतकहरूले शनिबार संयुक्त विज्ञप्ति जारी गरेर यस्तो माग गरेका हुन्।

‘प्रतिनिधिसभा विघटन गरिएको भनिएको निर्णय फिर्ता लिई तत्काल संसद बैठक बोलाई जनता र आन्दोलनरत समूहको माग जननिर्वाचित संस्थाबाटै सम्बोधन हुने वातावरण सिर्जना गर्न सम्बन्धित सबैसँग जोडदार माग गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ।

प्रतिनिधिसभा विघटन गरिएको भनी राष्ट्रपति कार्यालयबाट जारी भएको विज्ञप्तिप्रति आफूहरूको असहमति रहेको बताउँदै उनीहरूले असंवैधानिक ढंगले संसद छलेर सडकबाट सरकार गठन र प्रतिनिधिसभा विघटन गरिएको जिकिर गरेका छन्।

नेपाली जनताको लामो संघर्ष र बलिदानीबाट प्राप्त लोकतन्त्र र संविधानसभाबाट जारी भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानविपरितका कदमलाई कुनै पनि मूल्यमा स्वीकार गर्न नसकिने उनीहरूले जनाएका छन्।

जननिर्वाचित संस्था प्रतिनिधिसभालाई विघटन गरिएको भनिएको कार्य नेपालको संविधानको धारा ७६ को उपधारा (७), सर्वोच्च अदालतबाट प्रतिपादन भएका नजीर तथा सिद्धान्तहरू एवं नेपालको संवैधानिक परम्परा विपरित रहेको आठ दलको ठहर छ।

प्रकाशित: २८ भदौ २०८२ १७:०१ | Saturday, September 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast