कार्कीको पहिलो निर्णय संसद भंग, राष्ट्रपतिबाट सदर

हिमाल प्रेस २७ भदौ २०८२ २२:५३ | Friday, September 12, 2025
कार्कीको पहिलो निर्णय संसद भंग, राष्ट्रपतिबाट सदर

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले संसद विघटन गरेका छन्। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले संसद भंग गरेका हुन्।

शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी कार्कीले संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने पहिलो निर्णय गरेकी थिइन्। संसद विघटन गर्ने कार्की नेतृत्वको एक सदस्यीय मन्त्रिपरिषद्ले गरेको निर्णय राष्ट्रपतिले सदर गरेका हुन्। कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्नुअघि संसद विघटन गर्ने सहमति जुटेको थियो।

प्रधानमन्त्री कार्कीलाई ६ महिनाभित्र प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउने जिम्मेवारी तोकिएको छ।

राष्ट्रपति पौडेलले उनलाई ६ महिनाभित्र प्रतिनिधिसभाको अर्को निर्वाचन सम्पन्न गर्ने गरी अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन्।

उनले शुक्रबार नै पद तथा गोपनीयताको सपथ लिएकी छन्। राष्ट्रपति पौडेलले तोकेअनुसार नयाँ जनादेशका लागि आगामी फागुनभित्र प्रतिनिधिसभा सदस्यको निर्वाचन हुनेछ।

प्रकाशित: २७ भदौ २०८२ २२:५३ | Friday, September 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast