विराटनगर–रानी नाकामा कडाइ

हिमाल प्रेस २७ भदौ २०८२ १७:४१
विराटनगर–रानी नाकामा कडाइ

काठमाडौँ- विराटनगर–रानी नाकामा सर्वसाधारणलाई आवतजावतमा कडाइ गरिएको छ।

नाकामा नेपालतर्फ नेपाल प्रहरी र भारततर्फ भारतीय प्रहरी खटिएर कडाइका साथ चेकजाँच गरिरहेका छन्। नाकामा ठूलो गेट लगाएर आवतजावत नियमन गरिएको छ।

सर्वसाधारणले भारततर्फ किनमेलका लागि जाँदा र फर्कँदा नागरिकता वा परिचयपत्र देखाउनुपर्ने व्यवस्था गरिएको छ। तर, साइकल, मोटरसाइकल र अन्य सवारी साधनहरू भने नाकाबाट आवतजावत गर्न रोक लगाइएको छ। सुरक्षाकर्मीहरुले जेलबाट भागेका व्यक्तिहरु भारततर्फ नजान दिन विशेष निगरानी राखिएको बताएका छन्।

यसैबीच, भारतको जोगबनी बजारमा समेत भीडभाड अहिले धेरै कम देखिएको छ। आन्दोलनपछि रोकिएको भन्सार नाकामा आयात निर्यात सुरु भएको छ।

प्रकाशित: २७ भदौ २०८२ १७:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast