गोंगबुमा कांग्रेसको प्रदर्शन

हिमाल प्रेस २७ भदौ २०८२ १२:३४ | Friday, September 12, 2025
गोंगबुमा कांग्रेसको प्रदर्शन

काठमाडौँ- नेपाली कांग्रेसले काठमाडौँको गोंगबुमा प्रदर्शन गरेको छ। संविधान र अहिलेको व्यवस्था जोगाउनुपर्ने भन्दै कांग्रेस नेता तथा कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन्।

नेता जगदिश्वरनरसिंह केसीसमेत सहभागी भएको कांग्रेसको जुलुस गोंगबु क्षेत्रको विभिन्न भागको परिक्रमा गरेको थियो।

र्‍यालीपछि परिणत कोणसभालाई सम्बोधन गर्दै नेता केसीले लोकतन्त्रपक्षधर सबैलाई सडकमा उत्रिन अनुरोध गरे। हजारौँ नागरिकको बलिदानपछि संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था आएको भन्दै उनले यसलाई जोगाउन सबै एकजुट हुनेपर्ने जिकिर गरे।

नेता सिंहले सुरक्षा निकायको कमजोरीका कारण सिंहदरबार, प्रतिनिधिसभा, शीतलनिवासलगायतका महत्वपूर्ण संरचनाहरू जलेर नष्ट हुन पुगेको आरोप लगाए।

प्रकाशित: २७ भदौ २०८२ १२:३४ | Friday, September 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast